
काठमाडौं — सरकारले सामाजिक सञ्जालहरूलाई नियन्त्रण होइन, तर व्यवस्थित र जवाफदेही बनाउन खोजिएको स्पष्ट पारेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाललाई सूचीकरण गर्न पटक–पटक आग्रह गर्दै आएको थियो, र सर्वोच्च अदालतको आदेशपछि यो प्रक्रिया तीव्र बनाइएको हो।
भदौ १२ मा दिएको ७ दिनको समयसीमामा सम्पर्क नगरेका सञ्जालहरूलाई नेपालमा निष्क्रिय गरिएको छ। अहिले “हाम्रो पात्रो” र “ग्लोबल डायरी” सूचीकरण भई सक्रिय छन् भने “एक्स” (पूर्व ट्विटर) र “भी च्याट” ले जानकारी मागेका छन्।
सूचीकरण निःशुल्क छ, र सूचीकृत भएपछि सञ्जाल पुनः सक्रिय हुने बताइएको छ। मन्त्रालयले असुरक्षित VPN प्रयोग नगर्न सबैलाई आग्रह गरेको छ। सम्पर्क व्यक्ति, गुनासो सुन्ने र अनुगमन गर्ने जिम्मेवार तोकेर सबै सञ्जाललाई सूचीकृत हुन भनिएको छ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे