
काठमाडौं, माघ ९ । गण्डकी प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बाट ५ घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको छ ।सोमबार बसेको गण्डकी प्रदेशकको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो ।
आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला तथाकानुन, भौतिक पूर्वाधार निकास, सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वावरण र कृषि तथा जलस्रोत मन्त्रालय रहनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको सङ्ख्या घटाएर खर्चभार कटौती गर्न प्रस्ताव गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे