
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ र सहरी विकास मन्त्री ओमप्रकाश अर्याल आज इलाम जाने भनिएको कार्यक्रम स्थगित भएको छ।
मन्त्रीद्वय बिहान ११ बजे काठमाडौंबाट झापाको भद्रपुर जाने र त्यहाँबाट हेलिकप्टरमार्फत इलाम पुग्ने तयारीमा थिए। प्रभावित क्षेत्रको अवलोकन गर्ने उद्देश्यले तय गरिएको उक्त कार्यक्रम टिकटको अभावका कारण स्थगित भएको मन्त्रालय स्रोतले जनाएको छ। ‘‘११ बजेभन्दा अगाडिको टिकट पाएको भए समयमै प्रस्थान गर्ने तयारी थियो तर नपाएपछि आजको कार्यक्रम रद्द गरिएको हो,’’ स्रोतले भन्यो।
स्रोतका अनुसार छिट्टै राहत सामग्रीसहित इलाम जाने नयाँ तालिका बनाइनेछ। असोज १८ गतेको भीषण वर्षाका कारण इलाममा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते र केही अझै बेपत्ता छन्।
त्यसैगरी, पहिरो र बाढीका कारण राजमार्ग, पुल, जलविद्युत् आयोजना लगायतका भौतिक संरचनाहरू ठूलो क्षति भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहतका काम जारी रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे