
काठमाडौँ , ५ फागुन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिको लागि सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गरेका छन्। विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खोप नेपालले प्राप्त गरेको हो। थप औषधीहरु पनि उपलब्ध हुने जानकारी प्राप्त भएको छ।
मन्त्री पौडेलले बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्थाको महत्त्वलाई उल्लेख गर्दै,मंसिर १ गतेबाट लागू हुनेगरी यो योजना शुरु गरिएको बताए । यसले क्यान्सरको कारण हुने मृत्युदरमा कमी ल्याउने विश्वास व्यक्त गर्दै, क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर रणनीति अवलम्बन गरिएको जानकारी दिए।
मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने योजना रहेको बताउनुभएको छ। प्राप्त औषधीहरु भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा प्रयोग हुने छन्। मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बाल क्यान्सरको निःशुल्क उपचारका लागि यस औषधिले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे