
२१ जेठ , काठमान्डौ पर्यटनमन्त्री प्रेम आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो ५ महिनाको तलव सहयोग गर्ने भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटार आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् ।
‘सर्वजित’ नामका चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जीवनमा हुनेछ ।चलचित्रको शनिबार बालुवाटारमै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभ मुहूर्त गरेका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मुलन दिवसको अवसरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो ।
चलचित्रमा एक करोड २५ लाख हुने अनुमानीत लागत रहने निर्माणपक्षले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे