
अबुधाबी, यूएई( एजेन्सी) । नेपाली कामदारका लागि संयुक्त अरब इमिरेट्स (UAE) मा तोकिएको न्यूनतम तलब दर संशोधन गरिएको छ । नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार वैदेशिक रोजगार ऐन २०६४ को दफा २३ बमोजिम कार्यान्वयनमा आउने गरी यो निर्णय लिइएको हो ।
नेपाल सरकारको निर्णयअनुसार २०८२ साल असार ९ गते (२४ जुन २०२५) देखि यूएईका रोजगारदाता संस्थाले नेपाली कामदारको मागपत्र दर्ता गर्दा तल उल्लेखित न्यूनतम तलब संरचना लागू गर्नुपर्नेछ ।
नेपाली राजदूतावास, अबुधाबीले जारी गरेको सूचनामा भनिएको छ कि सो मितिबाट चेम्बर अफ कमर्समा दर्ता गरिने सबै मागपत्रहरुमा संशोधित तलब संरचना अनिवार्य रूपमा लागू गरिनेछ र यसको पूर्ण कार्यान्वयन गरिनेछ ।
१. २०८२ असार ९ गते (२४ जुन २०२५) वा त्यसपछि चेम्बर अफ कमर्समा दर्ता भई राजदूतावासमा प्रमाणीकरणका लागि पेश गरिने सबै मागपत्रमा यो तलब संरचना लागू हुनुपर्नेछ।
२. यो व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गरिनेछ र उल्लंघनमा कारबाही हुनेछ।
३. सम्बन्धित रोजगारदाता, म्यानपावर कम्पनी, एजेन्ट तथा सरोकारवाला सबैलाई आवश्यक कार्यको लागि यो सूचना जारी गरिएको हो।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे