
काठमाडौँ, १ फागुन । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले ‘जनयुद्ध दिवस’ बारे नेपाली कांग्रेसका महामन्त्रि द्धयसँग दलको आधिकारिक धारणा माग गरेका छन् ।
सािमाजिक सञ्जाल मार्फत रिजालले सरकारले आज मनाएको ‘जनयुद्ध दिवस’ लाई वृहत् शान्ति सम्झौता र नेपालको संविधानको मर्म विपरीत भन्दै धारणा माग गरेका हुन् ।
उनलेले कांग्रेस महान्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माका तथा कांग्रेस प्रवक्ता डा. प्रकाशरण महतको समेत धारणा माग गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुका लेख्दै रिजालले भनेका छन्– ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्म विपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे