
काठमाडौँ, ०१ चैत्र ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको टुंगो लाग्ने आगामी उपनिर्वाचनका लागि २० दल दर्ता भएका छन् । यी निर्वाचन आगामी बैशाख १५ मा हुने तय भएको छ ।
निर्वाचन आयोगले प्रकाशित गरेको पार्टी दर्ता पुस्तिका अनुसार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी हुन २० दल र प्रदेश सभाको उपनिर्वाचनका लागि १९ दलले दर्ता गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाका लागि मात्रै उम्मेदवार दिनेछ । आयोगका अनुसार मंगोल नेसनल अर्गनाइजेसन, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाली जनता दल, जनता समाजवादी पार्टी, बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीले दल दर्ता गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि आगामी उपनिर्वाचनमा सहभागी हुन दल दर्ता गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे