
काठमाडौँ, असार १०। सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार मेलम्ची खानेपानी विकास समितिले आजदेखि बन्द गर्न भएको छ । मेलम्ची नदीमा बाढी आएर पानी धमिलो हुन थालेपछि आयोजना बन्द गर्न लागिएको जनाइएको छ ।
गत जेठ ३१ गते मेलम्ची खानेपानी आयोजना बन्द गर्ने भनिए पनि ठूलो वर्षा नहुँदा पानी बन्द गरिएको थिएन । नदीमा बाढीसँगै पानी धमिलिन थालेकाले मेलम्ची खानेपानी आजैदेखि बन्द गर्न लागिएको समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।
परामर्शदाता तथा एसियाली विकास बैङ्क ९एडिबी० ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएको साथै मनसुन सकिएपछि मात्रै मेलम्चीको पानी पठाउन पुनःसुरु गर्ने लामिछानेले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे