
काठमाण्डौ । रियल ड्रीम्स एजुकेसन कन्सल्टेन्सीले हालै काठमाडौंमा आयोजित एक विशेष भेटघाट कार्यक्रमको माध्यमबाट, वोर्सेस्टर विश्वविद्यालयसँगको सहकार्यमा Master in Research कार्यक्रमको प्रवर्द्धन गरेको छ। यो कार्यक्रम राजधानीको रेडिसन होटलमा सम्पन्न भएको थियो, जहाँ विश्वविद्यालयका Regional Manager लोरेन ज्याकले विश्वविद्यालयका अनुसन्धान केन्द्रित मास्टर्स कार्यक्रमहरूका बारेमा विस्तृत जानकारी प्रदान गरिन्।
कार्यक्रममा रियल ड्रीम्स एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष बसन्त नेपालले संस्थाले नेपाली विद्यार्थीहरूको लागि अन्तर्राष्ट्रिय शिक्षा अवसर सिर्जना गर्न गरेको योगदानको बारेमा चर्चा गरेका थिए। उनले, नेपाली विद्यार्थीहरूलाई उत्कृष्ट विश्वविद्यालयहरूसँग जोड्ने सेतुको रुपमा रियल ड्रीम्सको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।
कार्यक्रममा सहभागी भएका सब-एजेन्टहरूले रियल ड्रीम्स एजुकेसन कन्सल्टेन्सीको प्रयासको प्रशंसा गर्दै यस संस्थाले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा भर्ना गराउन मद्दत गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए।
कार्यक्रमको अन्त्यमा, एक अन्तरक्रियात्मक सत्र पनि आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले विश्वविद्यालयका भर्ना प्रक्रिया, छात्रवृत्ति योजनाहरू, र अनुसन्धानमा आधारित मास्टर डिग्री कार्यक्रमहरूको अवसरबारे प्रश्न उठाएका थिए। लोरेन ज्याकले यी सबै जिज्ञासाहरूको उत्तर दिँदै, नेपाली विद्यार्थीहरूको शैक्षिक यात्रा सफल बनाउन विश्वविद्यालयका विभिन्न अवसरहरूको बारेमा जानकारी साझा गरिन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे