
काठमाडौँ, ८ फागुन । काठमाडौं । आज संघीय संसदका दुई समितिहरूको बैठक आयोजना हुने भएको छ। अर्थ समितिको बैठक र पूर्वाधार विकास समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछन्।
अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनको संशोधन र एकीकरण गर्ने विधेयकका विषयमा संशोधनकर्ता सदस्यहरूसँग छलफल हुने कार्यसूची राखिएको छ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को दफावार छलफल हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे