
काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको आजका लागि तय भएको बैठक स्थगित भएको छ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो २ बजेका लागि तय गरिएको थियो । बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूको सहभागिता रहने जनाइएको थियो ।
प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालका अनुसार, बैठक पहिले बुधबारका लागि तय गरिएको थियो। तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेका कारण बैठक आजका लागि सारिएको हो। स्रोतका अनुसार बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक मुद्दाहरू, संविधान कार्यान्वयन, सङ्घीयता, र भावी राजनीतिक सहकार्यका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिएको थियो। नेताहरूबीच आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने प्रयासस्वरूप बैठक आयोजना गरिएको बताइएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे