
काठमाडौँ , पुस ९ । आज तीन वटा संसदीय समितिहरुका बैठकहरु आयोजना हुँदैछन्। बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक हुनेछ, जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्दै नेपाल ऐनमा गरिने संशोधनको प्रस्तावमाथि विचार गरिनेछ।
त्यस्तै, दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक हुनेछ, जहाँ सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरुमा व्यवस्था गर्न बनेको विधेयकबारे विज्ञसँग छलफल हुनेछ।
यसैगरी, बिहान ११ बजे पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० मा गरिने संशोधनको बारेमा सदस्यहरूसँग छलफल गरिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे