
काठमाडौँ , ६ असार | प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा सांसदले उठाएका प्रश्नको जवाफ दिनेछन्।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले आजको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा शुरु हुने छ ।
यस्तै, आजकै बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित सातव वटा मन्त्रालयका मन्त्रीहरूले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे