
काठमाडौँ, १२ बैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी राजा थानीबीच आज बुधबार बिहान होटेल सोल्टीमा औपचारिक भेटवार्ता जारी छ ।
भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले राजा थानीको सम्मानमा बुधबार होटेल द्वारिकाजमा दिवाभोज आयोजना गरेका छन् । दिवाभोजमा सहभागी भएर कतारी टोली आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार काठमाडौं आएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे