
काठमाडौँ , २३ माघ | प्रधानमन्त्री पुष्पकमल दाहाल , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री दाहालले सिमा सुरक्षाबारे छलफल गर्न एमाले अध्यक्ष ओली, काँग्रेस सभापति देउवालाई डाकेका हुन।
छलफलमा प्रधानमन्त्री कार्यालयका कानुन सचिव, सरोकारवाला निकायमा पदाधिकारी, सुरक्षा निकायका पदाधिकारीहरु पनि सहभागी छन् ।प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल भएको छ ।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे