
काठमाडौँ , १६ असार – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
स्रोतका अनुसार भेटमा समसामयिक परिस्थिति र सरकारका कामबारे छलफल भइरहेको छ । शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती र एमाले अध्यक्ष ओलीबिच बालकोटमा करिब ३ घण्टा भेटवार्ता भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे