
काठमाडौँ, ९ माघ । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
श्रेष्ठलाई आजै सोमबार प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ।
हालै बसेको मन्त्रिपरिषद् बैठकले डा। श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।
उनले योजना आयोगमा एक कार्यकाल बिताइसकेका छन् ।
उनी यसअघि नेपला राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका कार्याकारी निर्देशक थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे