
काठमाडौँ , ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार चिकित्सा शिक्षा आयोगको १७ औं बैठक सम्पन्न भएको छ, जहाँ निजी मेडिकल कलेजमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूको सिट संख्या वृद्धि गर्ने विषयमा छलफल भएको छ। बैठकमा आयोगले निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय कार्यान्वयनमा विदेशी विद्यार्थीको सिट संख्या वृद्धि गर्ने प्रस्ताव अघि ल्याएको हो। यो प्रस्ताव छिट्टै आगामी बैठकमा राखिनेछ। हाल, मेडिकल कलेजहरूले १० प्रतिशत विदेशी विद्यार्थीलाई समावेश गर्न सक्ने प्रबन्ध गरेका छन्।
यसअघि, १६ औं बैठकले आवासीय चिकित्सकहरूको माग अनुसार, निजी कलेजले सरकारी सरह ४८,४३६ रुपैयाँ मासिक निर्वाह भत्ता प्रदान गर्ने निर्णय गरेको थियो। बैठकले स्नातकोत्तर तहमा २०९ सिट थप गर्ने र नर्सिङ शिक्षाको क्षमता विस्तार सम्बन्धी कार्यदलको प्रतिवेदन पारित गरेको छ।
प्रधानमन्त्री ओलीले बैठकमा, सरकारले सबै विद्यार्थीलाई निःशुल्क शिक्षा दिने सक्ने अवस्था नरहेको र निजी कलेजको सहयोग आवश्यक रहेको बताउँदै, नर्सिङ शिक्षाको सुधार र नर्सहरूको सेवा र सुविधामा वृद्धि गर्नुपर्ने आवश्यकता जोड दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे