
काठमाडौँ । बालाचतुर्दशी (शतविजारोपण) पर्वलाई ध्यानमा राखी आजदेखि तीन दिनसम्म पशुपतिनाथ मन्दिर परिसर ‘निषेधित पदार्थमुक्त क्षेत्र’ घोषित गरिएको छ। मन्दिरको धार्मिक पवित्रता र सांस्कृतिक शिष्टता जोगाउन स्थानीय प्रशासनले चारकिल्ला तोकी मासु, मदिरा तथा सबै प्रकारका नशालु पदार्थको उत्पादन, बिक्री–वितरण, भण्डारण, ओसार–पसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(९) अनुसार जारी निर्देशन उल्लंघन गर्नेविरुद्ध कानुनी कारबाही हुनेछ। प्रशासनले यस अवधिमा पशुपति क्षेत्रका धार्मिक क्रियाकलाप, दर्शनार्थीको भीड व्यवस्थापन र समग्र सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक समन्वय तथा तयारी अघि बढाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे