
काठमाडौँ, १६ चैत । सशस्त्र प्रहरीको एपीएफ क्लबले ललितपुर मेयर्स कप टी–२० क्रिकेट च्याम्पियनशिपको उपाधि जितेको छ ।
बिहिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै एपीएफ लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । एपीएफले दिएको १ सय ५५ रनको लक्ष्य पछ्याएको कोशीले २० ओभरमा ६ विकेट गुमाएर १ सय रनमात्रै बनायो । कोशीका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३५ रन बनाइन् । बलिङतर्फ एपीएफकी विनु बुढाले दुई तथा रेखा रावल, सोनु खड्का र नेरी थापाले १÷१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनायो । एपीएफका लागि कप्तान सीता राना मगरले सर्वाधिक ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । सीताले ९ चौका र २ छक्का प्रहार गरिन् ।इन्दु बर्माले ५१ रनको योगदान दिइन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे