
काठमाडौँ — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुवा रामनारायण शाहको सोमबार दिउँसो निधन भएको छ। रामनारायण आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराइँदै थियो।
पिसाबको संक्रमण ९युरिन इन्फेक्सन० शरीरभरि फैलिएको र त्यसले मस्तिष्कमा समेत असर पारेको चिकित्सकहरूले बताएका छन्। उपचारकै क्रममा सोमबार मध्याह्न उनको निधन भएको हो। उनका श्रीमती, दुई छोरा र एक छोरी छन्। रामनारायण पेशाले आयुर्वेदिक चिकित्सक पनि थिए।
आजै प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगेर मेयर बालेन शाहलाई भेटेकी थिइन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे