
काठमाडौँ – काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।आइतबार दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा नीति तथा कार्यक्रम सार्वजनिक गरिदै छ ।महानगरमा सबै वडाध्यक्षका घोषणापत्रलाई पनि नीति कार्यक्रममा समेटिने भएको छ ।महानगरपालिकाले आगामी १० असारमा बजेट ल्याउने तयारी छ ।
स्वतन्त्र उम्मेदवार मेयर बालेन साहले निर्वाचित भएपछिको पहिलो नीति तथा कार्यक्रम भएकाले महत्वका साथ हेरिएको छ । काठमाडौं महानगरपालिकाले यहि असार १० गते बजेट ल्याउने तयारी गरेको छ । यसैबीच, काठमाडौंका मेयर साहले नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल्ड साइटमा रंगशाला बनाउने विषयमा छलफल सुरु गर्नुभएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे