
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं। २० को भीमसेनस्थान नजिकै भीषण आगलागी भएको छ । वडा कार्यालयसँगै रहेका घरहरुमा आगो लागेको हो । आगो बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । कपडा गोदामबाट आगो सुरु भएको हो । भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।
आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् । दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागीको कारण एकिन हुन सकेको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे