
काठमाडौं । शहीद स्मारक ‘बी’ लिग फुटबल प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु भएको छ। उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ। दशरथ रङ्गशालामा आयोजना हुने उक्त खेल दिउँसो ३ः३० बजे सुरु हुने कार्यक्रम रहेको छ।
एकल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगितामा ९१ खेल हुनेछन्। दशरथ रङ्गशाला तथा सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानलाई खेलस्थलको रूपमा तोकिएको छ।
प्रतियोगितामा १४ क्लब सहभागी भएका छन्, जसमा रानीपोखरी कर्नर टिम (आरसीटी), श्री भगवती, टुसाल युथ, ब्रिगेड ब्वाइज, ब्वाइज युनियन, मध्यपुर युथ, च्यासल युथ, श्री कुमारी, बाँसबारी, नयाँबस्ती युथ, सरस्वती युथ, वीरगञ्ज युनाइटेड, झापा फुटबल क्लब र प्लानिङ ब्वाइज युनाइटेड रहेका छन्।
लिग विजेताले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई १० लाख रुपैयाँ प्रदान गरिनेछ। त्यस्तै, तेस्रो स्थान हासिल गर्ने टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने व्यवस्था गरिएको छ।
यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता दुवैलाई जनही ५०–५० हजार रुपैयाँ पुरस्कार दिइने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे