
काठमाडौं | माओवादी पृष्ठभूमि भएका दलहरुले आज दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएकोे छ ।
प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर पछि माओवादी पृष्ठभूमि भएका दल एकजुट भएका छन् । फागुन २६ गते बसेको बैठकले आज संयुक्त पत्रकार सम्मेलन र भोलि अन्तर्क्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे