• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ मंसिर २५, बिहिबार
Nepalnaksa – Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने

८ घण्टा अघि
२

देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली

११ घण्टा अघि
३

महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत

१३ घण्टा अघि
४

गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने

१४ घण्टा अघि
५

मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण

१५ घण्टा अघि
६

महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव

१६ घण्टा अघि
७

आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो

१६ घण्टा अघि
८

रविको मुद्दाको पेशी आज

१६ घण्टा अघि
९

दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै

१६ घण्टा अघि
१०

सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा

१ दिन अघि
११

नबिल बैंक र त्रिवि व्यवस्थापनबीच नबिल एसएसई नवीकरण सम्झौता

१ दिन अघि
१२

अष्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध

१ दिन अघि

धेरै पढिएका

१

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

३ साल अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

३ साल अघि
३

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

३ साल अघि
४

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

५ महिना अघि
५

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ललितपुर शाखाको नयाँ नेतृत्व चयन,अध्यक्षमा अरविन्द सिहं

१ साल अघि
६

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
११

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

४ साल अघि
१२

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

४ साल अघि
राससप्रकाशित मिति: २०७९ पौष २१, बिहिबार (२ साल अघि)

गोल्डकपको आयोजनाले काँचुली फेर्दैछ मेची रङ्गशाला

  • 1,440 Views
  • झापा । नेपाली राष्ट्रिय खेलकुदका थुप्रै हस्तीले आफ्नो खेल जीवनको सुरुआती दिन मेची रङ्गशालामा बिताएका छन् । फुटबल, एथ्लेटिक्स, भलिबल, कबड्डी, कराँते, जुडोलगायतका कैयन विधाका राष्ट्रिय खेलाडी हुर्काउने उर्बर मेची रङ्गशाला पछिल्लो समय आफूचाहिँ बेवारिसेजस्तै बन्न पुगेको थियो । पञ्चायतकालमै निर्मित वरिपरिको पर्खाल हावाहुरी र भुइँचालोले भत्किएपछि मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सकिएको थिएन । दर्शक बस्न बनाइएका प्यारापिट उप्किएर र रङ खुइलिएर उराठ भइसकेका थिए ।

    बेवास्ता र दूरावस्थाबाट यसरी गुज्रिरहेको रङ्गशाला फागुनको दोस्रो साता फुटबलको अन्तर्राष्ट्रियस्तरको गोल्डकप प्रतियोगिता सञ्चालन हुने भएपछि काँचुली फेरिने प्रक्रियामा छ । अठार वर्षपछि आयोजना हुने भद्रपुर झापा गोल्डकप प्रतियोगिताका लागि गठित आयोजक समितिले सबैभन्दा पहिला रङगशालाको जीर्णोद्धार थालेको छ ।

    झापाको साविक सदरमुकाम चन्द्रगढीको मेची रङ्गशालामा यतिबेला खेलप्रेमी र खेलाडी मात्र होइन, स्थानीय सरकारको हैसियतको रुपमा रहेको भद्रपुर नगरपालिका नै सम्पूर्णरुपमा रङ्गशालाको चमक ब्युँताउने अभियानमा जोडिएको छ । “कुनै बेला यो रङ्गशाला मुलुकभरिका खेलाडीले कौशल देखाउने मेची अञ्चलकै प्रमुख खेलमैदानको रुपमा चिनिएको थियो”, भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालले भने, “हामीले त्यो इतिहासको गौरवलाई फर्काउन सबैभन्दा पहिला रङ्गशालाको मुहार फेर्ने काम गरिरहेका छौँ ।”

    अध्यक्ष ढकालसहित समितिका पदाधिकारी दिनभरि रङ्गशालाको मैदानमा घाँस रोपिरहेका र प्यारापिटमा रङरोगन गरिरहेका भेटिन थालेका छन् । समितिको महासचिव रहनुभएको भद्रपुर नगरपालिकाको निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठसमेत रङ्गशाला मर्मतसम्भार अभियानमा खटिने गरेका छन् । श्रेष्ठले आफ्नो कार्यकालमै रङ्गशालाको मुहारमा चमक ल्याउने सोचेको तर कोरोना महामारी र मुलुकको राजनीतिक अस्थिरताले सम्भव नभएको बताए । रङ्गशालाको मैदान सम्याएर घाँस रोप्ने कार्य सम्पन्न भइसकेको र प्यारापिट रङ्ग्याउने काम अन्तिम चरणमा रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

    अठार वर्षअघि त्रिभुवन गोल्डकपको अन्तिम संस्करण आयोजना भएयता अरु कुनै फुटबलको गोल्डकप मेची रङ्गशालामा आयोजना भएका छैनन् । यही कारण लामो अन्तरालमा हुन लागेको प्रतियोगितालाई सफल बनाउन रङ्गशालालाई सिँगार्नु परेको खेलप्रेमी तथा भद्रपुर वडा नं ८ का वडाध्यक्ष मनोज सुब्बा बताउँछन् । “कुनै बेला भद्रपुर नेपालकै प्रमुख नगरमा गनिन्थ्यो”, वडाध्यक्ष सुब्बा भन्छन्, “भद्रपुरको गौरव फर्काउने हो भने मुख्य पहिचानको रुपमा रहेको रङ्गशालालाई आकर्षक र चलायमान बनाउनुपर्छ भन्नेमा भद्रपुरवासीको साझा मत छ ।”

    भद्रपुरको रङ्गशाला सुस्ताएपछि विर्तामोड, कनकाई, काँकडभिट्टा र दमकतिर फुटबलको प्रतियोगिता हुन थालेका थिए । खेल क्षेत्रमा पूर्वाधार भएर पनि पछि परेको पीडा बोकेका भद्रपुरका खेलप्रेमी यसपालि सर्वाधिक पुरस्कार राशि राखेर अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको तयारीमा जुटेको आयोजक समितिका अध्यक्ष ढकालले बताए ।

    भद्रपुर डेढ दशकअघिसम्म फुटबलको केन्द्रजस्तै थियो । राष्ट्रिय फुटबल टिमका कप्तान रहिसकेका हरि खड्का भद्रपुरकै हुन्। उनी मेची रङ्गशालामै खेल अभ्यास गर्दागर्दै मुलुकको चर्चित खेलाडी बने । तर, यहाँ चार दशक अघि सुरु भएको त्रिभुवन गोल्डकप २०६१ सालयता एकपटक पनि आयोजना हुन सकेन । भद्रपुरले इतिहास ब्युँताउँदै फुटबल प्रतियोगिता आयोजनाको तयारी थालेपछि झापा विर्तामोडमा बर्सेनि हुँदै आएको झापा गोल्डकपले आफ्नो यसवर्षको कार्यक्रम स्थगित गरेर भद्रपुरलाई सघाउने घोषणा गरेको छ । भद्रपुर गोल्डकप एउटा फुटबल उत्सव मात्रमा सीमित रहेन अब ।

    भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल अहिले नागरिकस्तरबाट गोल्डकपका पक्षमा देखिएको उत्साहजनक सहयोगलाई भद्रपुरकै विकासको पुनर्जागरणको रुपमा लिन्छन् । “मेची रङ्गशालाको जीर्णोद्धारबाट सुरु भएको भद्रपुरवासीको उत्साहलाई ऊर्जा मानेर हामी यस क्षेत्रको समृद्धि अभियानमा सबैलाई जोड्न तत्पर छौँ”, नगरप्रमुख पोखरेल भन्छन्, “भद्रपुरमा केही हुँदैन, केही गर्न सकिँदैन भन्ने जुन निरासा वर्षौंदेखि थुप्रिएको थियो, अहिले त्यसको अन्त्य भएर रङ्गशालाको काँचुली फेर्ने कार्यबाट जनजनमा उत्साह जागृत भएको छ ।”

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जेन-जीसँगको सम्झौता अनुमोदन गर्ने सरकारको निर्णय , राजपत्रमा प्रकाशित गरिने
    ८ घण्टा अघि

  • २

    देउवासँग हालै भएको भेटको प्रभाव केही दिनमै देखिन्छ:ओली
    ११ घण्टा अघि

  • ३

    महाधिवेशनपछि यो सरकार ढल्छ:महेश बस्नेत
    १३ घण्टा अघि

  • ४

    गोल्ड कार्ड भिसा:१० लाख डलर तिरेर अमेरिका जान पाइने
    १४ घण्टा अघि

  • ५

    मुद्रण विभागले यातायात विभागलाई ५६५ नयाँ लाइसेन्स हस्तान्तरण
    १५ घण्टा अघि

  • ६

    महालक्ष्मी विकास बैंकको २४औं साधारणसभा पुस २१ मा, १०.३७% लाभांश प्रस्ताव
    १६ घण्टा अघि

  • ७

    आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइँदै, वातावरणीय संकट बढ्दो
    १६ घण्टा अघि

  • ८

    रविको मुद्दाको पेशी आज
    १६ घण्टा अघि

  • ९

    दोस्रो क्‍वालिफायरमा आज विराटनगर र लुम्बिनी भिड्दै
    १६ घण्टा अघि

  • १०

    सामाजिक सञ्जालमार्फत हुने हिंसाले बढायो मानसिक असुरक्षा
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    फ्रान्सका राष्ट्रपति चीनमा :युक्रेन युद्धविराम मुख्य एजेन्डा

    नेपाल नक्सा
    २

    सहकारी मुद्दा: १ लाखसम्मका साना बचतकर्तालाई फिर्ता गर्ने कार्यविधि तयार

    नेपाल नक्सा
    ३

    सरकारी वकीलको कार्यभार ३०६.८९ बाट ९०४.८४ पुग्दा व्यवस्थापन चुनौती

    नेपाल नक्सा
    ४

    जेनजी आन्दोलनपछि देउवा–ओलीबीच पहिलोपटक अनौपचारिक भेटवार्ता

    नेपाल नक्सा
    ५

    आर्टिफिशियल इन्टेलिजेन्सको मस्यौदामा नेपाल राष्ट्र बैंकबाट राय/सुझाव माग

    नेपाल नक्सा
    ६

    मन्त्री गुप्ता: ‘आर्थिक कमजोरीले सरकारलाई अत्यावश्यक काम गर्न कठिन’

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution