
काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)को जिम्मेवारी मनोज ज्ञवालीलाई प्रदान गरिएको छ।
बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले राजनीतिमा प्रवेश गरेसँगै उनले राजीनामा दिएका थिए। बैंक सञ्चालक समितिको आज बसेको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गर्दै ज्ञवालीलाई कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।
ज्ञवाली यसअघि बैंकमा बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए। ढुंगानाको राजीनामा यही १० गतेदेखि लागू हुने व्यवस्था गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे