
काठमाडौँ । रास्वपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता मनिष झाले सन्तोष परियारलाई आगामी यात्राका लागि शुभकामना दिएका छन्। प्रवक्ता झाले उनी राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा रहेको बताउका छन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य तथा विघटित प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका पूर्वसांसद सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीज्यूलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनुभएको छ,’ प्रवक्ताले भनेका छन्, ‘राजनीतिमा नयाँ अभियानको साथ अगाडि बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा जानकारी गराउनुभयो। आगामी यात्राको लागि उहाँलाई शुभकामना।’ परियारले शुक्रबार पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई राजीनामा बुझाइसकेका छन्। उनले पार्टीको कुनै पदबाट मात्र नभई साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे