
काठमाडौं — नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि हमला भए देशभर आगो फैलिने चेतावनी दिएका छन्। बिहीबार भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई सावधान रहन आग्रह गरेका छन्।
उनले भ्रष्टाचारको छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए र भने, “हामीमाथि पनि छानबिन गर्न सकिन्छ, तर देशको नम्बर १ भ्रष्टाचारी कुलमान घिसिङबाट सुरु गर्नुपर्छ।” उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्ति स्रोतबारे प्रश्न उठाए र बालेन शाह तथा सुदन गुरुलाई पहिला छानबिन गर्नुपर्ने बताएका छन्।
बस्नेतले युवासंघमार्फत असोज २५ गते मोटरसाइकल र्याली गरेर शक्ति देखाउने चेतावनी दिए। उनले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको विवरण राखेको बताएका छन् र आफूहरूलाई पक्राउ गर्न चुनौतीसमेत दिएका छन्। उनले ओलीमाथि हमला भए देशभर आक्रोश फैलिने भन्दै प्रत्यक्ष चेतावनी दिएका हुन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे