
काठमाडौँ — नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत साइबर अपराधको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि पुगेका छन्। बुधबार बिहान उनी ब्युरोमा उपस्थित भई करिब डेढ घण्टा लिखित बयान दिएका हुन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा उनलाई बयानका लागि बोलाइएको थियो।
बस्नेतविरुद्ध शोभा पाठकले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाउँदै उजुरी दिएकी थिइन्। उनले सुरूमा साइबर ब्युरोमा जाहेरी दिएकी थिइन्, तर त्यहाँ दर्ता नभएपछि हुलाकमार्फत सरकारी वकिल कार्यालय काठमाडौँमा पठाइएको थियो। बस्नेतले आफूविरुद्धको आरोपबारे लिखित बयान बुझाएर ब्युरोबाट फर्किएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे