
काठमाडौँ । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास बुलेट ट्रक दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। चन्द्रपुर नगरपालिका–४ स्थित दोस्रो लच्का नजिकै भारतबाट महेन्द्रनगर हुँदै धनुषातर्फ जाँदै गरेको युपी १७ एपी २११४ नम्बरको ग्यास बुलेट ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा ट्रक चालक भारतको मधुबनी जिल्लाको जयनगर निवासी ३७ वर्षीय पवन यादव घाइते भएका छन्। उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
ट्रकबाट ग्यास लिक भइरहेकाले ठूलो जोखिम हुन सक्ने भन्दै सुरक्षाका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सम्भावित दुर्घटना टार्न सुरक्षाकर्मी र सम्बन्धित निकायले सतर्कता अपनाउँदै क्षेत्रलाई सुरक्षित बनाउने प्रयास गरिरहेका छन्। ग्यास लिक नियन्त्रणमा आएपछि मात्र सडक सञ्चालन गरिने जनाइएको छ। अहिले वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे