
काठमाडौँ , २४ माघ | काठमाडौं महानगरले मैतीदेवी चोकमा रहेको प्रहरी विटमा डोजर चलाएको छ।आज नगर प्रहरीको टोलीले पुगेको जोजरले प्रहरी विटमा डोजर चलाएको हो ।
सडक मिचेर बनाइएको संरचना हटाउने महानगरको अभियानमा नगरप्रहरीले उक्त प्रहरी बीट खाली गराएको हो ।
मंगलबार मध्यान्ह पुगेको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले बीटमा रहेका सामान सारेका थिए । केहीबेरमा उक्त भवन पनि भत्काइने जनाइएको छ । प्रहरी बीटमा रहेको सामान ट्रकमा राखेर लगिएको छ ।
प्रहरी बीट कुन भवनमा सार्ने भन्ने बारेमा टुंगो नलगागेको प्रहरीले जनाएको छ । मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरी बीट निर्माण गरिएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे