
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिन लागेका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र मत लिन आदेश दिएपछि बिहान साढे ८ बजे प्रदेश सभा बैठक बोलाइएको हो।
यसअघि गठबन्धनका नेता जितेन्द्र सोनलले बहुमत नपाउने भएपछि पद छाडे, र एमालेका सरोज यादव मुख्यमन्त्री बने। तर उनको नियुक्ति विवादित बनेपछि दलहरूले सर्वोच्चमा मुद्दा हाले। सर्वोच्चले आदेश दिएपछि यादव अब मतका लागि संसदमा पुगेका हुन्।
मधेश प्रदेशमा १०७ सांसद छन् र सरकार बन्न ५४ मत चाहिन्छ। तर एमालेसँग सभामुखसहित २५ मात्रै सांसद छन्, त्यो पनि एक निलम्बित। गठबन्धन दलका ७३ सांसद एकजुट देखिएपछि यादवको सरकारले विश्वासको मत नपाउने सम्भावना धेरै छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे