
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज (असोज २८) दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदैछन्। उनले गत शुक्रबार सभामुखलाई पत्र लेखेर विश्वासको मतको तयारी गर्न आग्रह गरेका थिए। त्यसपछि आजको बैठक बोलाइएको हो।
यता, भदौ २३–२४ गते ‘जेनजी आन्दोलन’ चर्किँदा सिंहले फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए। तर, पछि अन्तरिम सरकार बनेपछि उनले आफ्नै निर्णय फेरेका थिए। यसपछि उनको पार्टी जनमतले भदौ ३१ गते औपचारिक रूपमा सभामुखलाई पत्र बुझाएर मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएको थियो।
संविधानअनुसार, समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ। यही कारण आज सिंहले सभामा विश्वासको मत लिँदैछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे