
काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आलोचना गरेका छन् । भुसालले नेकपा छँदा १० बुँदे सहमतिलाई लत्याएर नेपालले जीवनकै ठूलो गल्ती गरेको आरोप लगाएका हुन्।‘माधव नेपालको दोहोरो नीति’ का कारण नेकपा एमाले बिभाजन भए उल्लेख गर्दै भुषालले २० प्रतिशतमा पार्टी बिभाजन गरेका कारण इतिहासको कठघरामा उभिनु पर्ने पनि उनको भनाइ छ ।
उनले फेसबुकमा लेखेका छन्, ‘त्यो माधवको जीवनकै सबैभन्दा ठूलो गल्ती थियो । कमरेड केपी ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल नै अगाडि थिए ।’
उनले थप लेखेका छन् ,‘कमरेड ओलीले जारी गरेको ४० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने सम्बन्धी अध्यादेशको विरोध गर्नेमा कमरेड माधव नेपाल पनि अगाडि थिए,’ भुषालले भनेका छन, ‘त्योभन्दा अझ घातक २० प्रतिशत सांसदले पार्टी विभाजन गर्न पाउने अध्यादेशका आधारमा कमरेड माधव नेपालले अर्को पार्टी खोलेर कम्युनिस्ट आन्दोलनको सेवा गरेका थिए भन्ने कुरा धरतीको कुनै पनि इजलासले भन्न सक्ने छैन, ढिलो वा चाँडो, कमरेड माधव नेपालले कठघरामा उभिएर यसको प्रायश्चित्त गर्नुपर्नेछ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे