काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज मंगलबार ७१ औँ जन्मजयन्ती मनाइँदैछ ।एमाले र उसका निकट संगठनले मदन भण्डारी जयन्तीका अवसरमा साताव्यापी कार्यक्रम आयोजना गरेका छन् ।
वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारीलाई नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका नवीन विचारक एवं सिद्धान्तकार मानिन्छ । विसं २०२८ मा वनारसमै पुष्पलालसँग भेटे मोर्चा तयार गरेका भण्डारीले त्यही साल भएको फागुन २१ मा झापा विद्रोह र पाँच सहयोद्धाको साहदतपछि उनको क्रान्तिकारी यात्राले गति लिएको थियो ।
मदन भण्डारी फाउन्डेसनले जन्मजयन्तीका अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ‘जनताको बहुदलीय जनवाद : राष्ट्र निर्माणको आधार’ विषयक राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान कार्यक्रम रहेको छ । ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे