
काठमाडौँ, १० फागुन ।माछापुच्छ्रे आईबी वल्र्ड स्कुलले माछापुच्छ्रे एन्युअल स्पोर्ट्स मिट -२०७९ श्री राजदल गण (नेपाली सेनाको भौतिक तथा खेलकुद केन्द्र) लगनखेल, ललितपुरमा १९ फेब्रुअरी २०२३ मा बिहान ११:०० देखि ४:०० बजेसम्म सम्पन्न गरेको छ।
वार्षिक खेलकुद कार्यक्रममा धेरै खेलकुदहरू र मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरीएको थियो।
माछापुच्छ्रे आईब वल्र्ड स्कूल परिवर्तन निर्माताहरूको विद्यालय भएको हुनाले स्कुलले आफ्ना विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि उनीहरूलाई जिम्मेवार, स्वतन्त्र,सक्षम,सक्रिय र सृजनात्मक बनाउने उद्देश्य सहित बारम्बार यस्ता अतिरिक्त क्रियाकलापहरू आयोजना गर्दै आएको छ।
उक्त वार्षिक खेलकुद कार्यक्रममा माछापुच्छ्रे आईबी वल्र्ड स्कुल परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, अभिभावक तथा अन्य सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको केन्द्रीय समितिका अध्यक्ष डी.के. ढुंगाना प्रमुख अतिथि तथा राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको केन्द्रीय समितिका सहअध्यक्ष सुवास न्यौपाने विशेष अतिथिको रुपमा उपस्थित थिए ।
खेल सप्ताहअन्तर्गत एथलेटिक्सका विभिन्न विधाहरू फरक फरक ट्रयाक र फिल्ड छुट्याएको अवस्थामा प्रतियोगिताहरु आयोजना गरिएको थियो ।
त्यसैगरी, कबड्डी, फुटसल, ब्याडमिन्टन, तेक्वान्दो, चेस लगायतका २८ विधाहरूमा प्रतिस्पर्धा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै विद्यालयका प्रधानाध्यापक सम्पुर्ण देवपाटेले खेलकुद कार्यक्रमको बारेमा अतिथि तथा अभिभावकहरुलाई जानकारी गराएका थिए।
गतिविधिहरू तथा प्रतियोगिताहरू आयोजना गर्न सफल भएको बताए ।
त्यसैगरी विशेष अतिथि न्यौपानेले खेलकुदलाई शिक्षाको अङ्गका रुपमा लिदै शिक्षा र खेलकुदलाई एकअर्काका परिपूरक बनाएर विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि आवश्यक वातावरण सिर्जना गर्न विद्यालयले गरेको कामप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा विनोदप्रसाद यादवले खेलकुद गुणस्तरिय शिक्षाको अभिन्न तथा गहन अङ्ग भएको जिकिर गर्दै विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा शिक्षा र खेलकुदको समानान्तर महत्व रहेको बताए ।
विद्यालयद्वारा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पदक वितरण गरिएको थियो । कार्यक्रममा विभिन्न हाउसका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले आकर्षक मार्चपास, गायन र नृत्य प्रस्तुत गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे