
काठमाडौँ – माछापुच्छ्रे बैंकले वित्तीय साक्षरताका क्षेत्रमा नयाँ पहल गर्दै वित्तीय सेवाहरूको उचित उपयोग र खर्च व्यवस्थापनमा मद्दत पुर्याउनको लागि आफ्नो M-Smart मोबाइल बैंकिङ एपको प्रयोगमा जोड गरिरहेको छ।
माछापुच्छ्रे बैंकका प्रवक्ता भने, “वित्तीय साक्षरता व्यक्तिलाई वित्तीय सेवाहरूको प्रभावकारी उपयोग गर्न, आम्दानीका स्रोतहरूको सही उपयोग गर्न, र खर्चलाई व्यवस्थित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। हाम्रो M-Smart मोबाइल बैंकिङ एप मार्फत, हामी ग्राहकहरूलाई पैसा पठाउने/पाउने, युटिलिटी बिल भुक्तानी गर्ने, र अनलाइन भुक्तानी गर्ने सरल र सुरक्षित उपाय प्रदान गर्दैछौँ।”
एम-स्मार्ट एपले प्रयोगकर्तालाई सहज ढंगले बैंकिङ सेवाहरूको पहुँच उपलब्ध गराउँछ, जसले दैनिक वित्तीय गतिविधिहरूलाई डिजिटल रूपमै सञ्चालन गर्न अनुमति दिन्छ। यस एपमार्फत, ग्राहकहरूले घरबाटै सबै वित्तीय कार्यहरू पूरा गर्न सक्नेछन्, जसले समय र प्रयासको बचत गराउँछ।
“सुरुवात घरबाटै गर्नको लागि, हामीलाई माछापुच्छ्रे बैंकको M-Smart एपको प्रयोग गर्न सल्लाह दिन्छौँ। यसले वित्तीय सेवाहरूलाई सरल बनाउँछ र ग्राहकहरूको वित्तीय साक्षरता बढाउँछ,” प्रवक्ताले थपे।
माछापुच्छ्रे बैंकले वित्तीय समावेशीकरण र साक्षरतामा आफ्नो योगदानलाई अझ मजबुत बनाउनको लागि निरन्तर प्रयास गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे