
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीबीच सेयर रजिष्ट्रारसम्बन्धी सेवा प्रदान गर्न औपचारिक सम्झौता भएको छ। सम्झौताअनुसार अब अप्पर स्याङ्गे हाइड्रोपावरको धितोपत्र कारोबारसम्बन्धी सबै अभिलेख व्यवस्थापन, दाखिल खारेज, नामसारी, रोक्का, तथा सेयरधनीहरूको विवरण अद्यावधिक गर्ने लगायतका कार्यहरू माछापुच्छ्रे क्यापिटलले सम्हाल्नेछ।
सम्झौता समारोहमा माछापुच्छ्रे क्यापिटलका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र अप्पर स्याङ्गे हाइड्रोपावरका प्रबन्ध निर्देशक विर बहादुर घलेले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
यस सहकार्यसँगै अप्पर स्याङ्गे हाइड्रोपावरको सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण सेवा माछापुच्छ्रे क्यापिटलको बागदरबार, जेडीए कम्प्लेक्सस्थित तेस्रो तल्लाबाट प्रदान गरिनेछ।
धितोपत्र बजारको पारदर्शिता र सुशासनमा योगदान पुर्याउने उद्देश्यले दुवै संस्थाले यस सम्झौताबाट सेयरधनीहरूलाई सहज, व्यवस्थित र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे