
काठमाडौं । वित्तीय साक्षरताको प्रवद्र्धन गर्ने उद्देश्यसहित विश्वव्यापी रूपमा मनाइने ‘ग्लोबल मनी विक २०२५’ माछापुच्छ्रे बैंक लिमिटेडले भव्य रूपमा सम्पन्न गरेको छ।
बैंकले मार्च १७ देखि २३ सम्म सञ्चालन गरिएको यस अभियानअन्तर्गत देशभर फैलिएका आफ्ना शाखा कार्यालयमार्फत विभिन्न वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो। सातै प्रदेशमा स्थानीय विद्यालय तथा कलेजहरूसँग समन्वय गरी विभिन्न तहका विद्यार्थीहरूलाई लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ।
बैंकले विगतमा पनि आफ्ना ग्राहक वर्गलाई लक्षित गरी विभिन्न समयमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको थियो। बैंकका अनुसार, हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा उपलब्ध गराउने लक्ष्यसहित हाल सातै प्रदेशमा १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउण्टरसहित २७५ स्थानमा सेवा प्रदान गरिरहेको छ। साथै, २०४ वटा एटीएममार्फत १६ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे