
काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैङ्किङ कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी केएफसी र प्रविधि कम्पनी सिटीटेकसँग सहकार्य गरेको छ। नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत केएफसीका विभिन्न आउटलेटहरूमा भुक्तानी गर्नको लागि माछापुच्छ्रे बैङ्कका अत्याधुनिक पीओएस उपकरणहरू जडान गरिएको छ।
यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज तरिकाले कार्ड तथा क्युआर मार्फत भुक्तानी प्रदान गरिन्छ। बैङ्कले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ। जसले दैनिक कारोबारहरूलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्त्वपूर्ण योगदान पुर्याउनेछ।
स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधाहरू ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैङ्क लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ।
बैङ्कले हाल १६५ शाखा, ८८ शाखारहित बैङ्किङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्रहरू सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटिएममार्फत बैङ्कले १८ लाखभन्दा बढी ग्राहकहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे