
काठमाडौं, भदौ २२ – आज राति वर्ष २०८२ को पहिलो खग्रास चन्द्रग्रहण लाग्दैछ। यो चन्द्रग्रहण भाद्र शुक्ल पूर्णिमाका दिन पर्न लागेको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, चन्द्रग्रहण राति १० बजेर ११ मिनेटमा सुरु हुनेछ र १ बजेर ४१ मिनेटमा सकिनेछ। काठमाडौंबाट मौसम सफा रहेमा करिब साढे ३ घण्टा ग्रहण देख्न सकिनेछ।
यो खग्रास चन्द्रग्रहणमा चन्द्रमा पूरै पृथ्वीको छायाँमा पुग्नेछ, जसले गर्दा चन्द्रमा रातो रंगको देखिनेछ। यस्तो अवस्था ‘रक्त चन्द्रमा’ भनिन्छ। ग्रहणको सबैभन्दा रोचक भाग राति १०:११ मा सुरु हुनेछ, जहाँ चन्द्रमा पूर्ण रूपमा कालो छायाँमा रहनेछ। यो अवस्था झण्डै ८२ मिनेटसम्म रहनेछ।
यो चन्द्रग्रहण एशिया, युरोप र अष्ट्रेलियासहित विश्वका धेरै ठाउँबाट देख्न सकिनेछ। अनुमान अनुसार विश्वका करिब ७७ प्रतिशत मानिसहरूले यसको पूरै चरण हेर्न पाउनेछन्। अन्तरिक्षप्रेमी र आकाश हेर्नेहरूका लागि आजको रात विशेष हुनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे