
काठमाडौँ । लुम्बिनी प्रदेशसभाको हिउँदे ९सातौँ० अधिवेशन मंसिर ८ गते बस्ने भएको छ। सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। यो जानकारी सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था र सहकारी मन्त्री दिनेश पन्थीले दिएका छन्।
यस अधिवेशनमा स्थानीय तहका कर्मचारीको सेवा–सुविधा संशोधन विधेयक र लुम्बिनी अध्ययन अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विधेयकमाथि छलफल हुनेछ। साथै, दलित अधिकार र बडघर सम्बन्धी विधेयक दर्ता गर्ने तयारी भइरहेको सचिवालयले जनाएको छ।
महालेखा परीक्षकका प्रतिवेदनसहित विभिन्न समितिका प्रतिवेदन पनि यस अधिवेशनमा प्रस्तुत गरिनेछन्। लुम्बिनी प्रदेशको वर्षे अधिवेशन गत भदौ ३१ गते सकिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे