
काठमाडौँ । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत आज दिउँसो १ बजे पाँचौँ बैठक बस्ने भएको छ। बैठकमा उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन विधेयक’ सभामा पेस गर्नेछन्।
त्यसैगरी, मुख्यमन्त्री चेतनारायण आचार्यले ‘जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन ऐन, २०७५’ संशोधन विधेयक सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ।
बैठकको सुरुवातमा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने अवसर पाउनेछन्। सचिवालयले आजको बैठकलाई व्यवस्थित ढंगले अघि बढाउन तयारी गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे