
लुम्बिनी, साउन ९ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। सोमबार नियुक्त भएका मुख्यमन्त्री आचार्यले आज बुधबार प्रदेश प्रमुखको कार्यालयमा शपथ लिएका हुन् ।
उनीसहित एमाले र कांग्रेसबाट आठजना बिना विभागीय मन्त्रीहरुले बुधवार बिहान पद तथा गोपनीयताको शपथ लिएका हुन । लुम्बिनीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ५ मन्त्रालय पाएका छन् ।
मन्त्रीहरुको शपथ लिनेहरुमा नेकपा ९एमाले० बाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङका सीता शर्मा रहेका छन् । यसैगरी नेपाली कांग्रेसबाट चार जनाले शपथ लिनुएको छ । शपथ लिनेमा गुल्मीबाट धनेन्द्र कार्की, प्युठानका सरोज थापा ९रोज राणा०, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मी रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे