
काठमाडौं , ५ भाद्र। साताको पहिलो दिन आज आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि प्रतितोला ९५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा भने शुक्रबारको भन्दा १५ रुपैयाँ घटेको आएको छ ।आज चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे