
काठमाण्डौँ, २० चैत । सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार चैत २० गतेबाट लागु हुनेगरी यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाइएको जनाएको छ ।
यस्तै मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । इन्धनको मूल्य बढेको भन्दै यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक यातायातको भाडा बढाएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे