काठमाडौँ — धादिङको धार्केमा स्थानीयले ट्रकबाटै रासायनिक मल खोसेका छन् ।शनिबार भन्सार छली गरेर ल्याइँदै गरेका दुई ट्रक मल राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानहरूले ट्रकबाटै मल मल खोसेर लगेका हुन् ।काठमाडौँ आउदै गरेका २ वटा ट्रक रोकेर स्थानीय किसानले रासायनिक मल लगेको विवरण प्राप्त भएको धादिङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो ।
ट्रकबाट एकाएक किसानहरुले मल झिक्न थालेपछि प्रहरीले मल खोस्नबाट रोक्ने प्रयास गरेका थिए । तर, किसानहरुको भीडका अगाडि प्रहरीले मल खोसिनबाट जोगाउन सकेन ।करिब ५ सय किसानले मलको बोरा बोकेर घर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्न लागेको उजुरीपश्चात् राजश्व विभागले छापा मारेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे