
काठमाडौँ । आफ्ना माग पूरा नभएको भन्दै मेलम्ची बाढी पीडित र स्थानीय समितिहरूले मेलम्चीको मुहान बन्द गरी काठमाडौँमा जाने पानी आपूर्ति रोकिदिएका छन्। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार, गत वर्ष खानेपानी मन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयन नभएकाले स्थानीयहरूले बिहीबार बिहानै पानी रोकेका हुन्।
यो कदमपछि बिहीबार दिउँसोदेखि काठमाडौँमा मेलम्चीको पानी आउन पूर्ण रूपमा बन्द भएको छ। २०७८ सालको बाढीपहिरोका पीडितहरूले राहत र पुनर्निर्माणका माग पूरा नभएको भन्दै आन्दोलन चर्काएका हुन्। समितिका अनुसार अब वार्ता गरेर समाधान खोज्ने प्रयास हुनेछ। यसअघि उनीहरूले मेलम्ची कार्यालयमा तालाबन्दी पनि गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे